काठमाण्डु, १५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पार्टी नेताहरूले बाढी प्रभावित नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने तयारी गरेका छन ।
पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछ भने भक्तपुरको हनुमन्तेमा साढे तीन बजे पुग्ने कार्यक्रम रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
गत १० असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका गर्ने तायरी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।