गुल्मी, १५ असोज– गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारेकी २७ वर्षीया माया रोकामगरको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मी प्रहरीका डिएसपी शंकर पोखरेलले घरको दलानमा लिप्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
सोमबार करेन्ट लागेपछि उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा मगरको ज्यान गएको हो ।