अमेरिकामा मोदीसंग राम्रो कुरा भयोःओली

काठमाण्डु टुडे २०८१ असोज १४ गते २२:३१ मा प्रकाशित

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्यूयोर्कमा भएको भेट फलदायी भएको बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले मोदीसंग राम्रो वातावरणमा कुराकानी भएको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भागका दौरान न्यूयोर्कमा ओली-मोदी साइडलाइन वार्ता भएको थियो ।

भेटमा ओलीले मोदीसँगको भेटमा दुई देशबीच थप प्रगाढ बनाएर जानेबारे छलफल भएको बताए ।

ओली र समकक्षी मोदीबीच गत ६ असोजमा भेटवार्ता भएको थियो ।

भेटपछि एक्समार्फत तस्बिर साझा गर्दै मोदीले दुई देशबीचको मित्रता धेरै बलियो रहेको र सम्बन्धलाई अझ गति दिन चाहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us