पृथ्वी राजमार्गको अवरोध हट्यो, एकतर्फी यातायात सञ्चालन

काठमाण्डु टुडे २०८१ असोज १४ गते २१:४८ मा प्रकाशित

काठमाण्डु, १४ असोज– धादिङको मलुखु बजार नजिकै सुख्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार राति गजुरी गाउँपालिका–२ परेवा भीरमा सुख्खा पहिरो खस्दा चार दिनपछि खुलेको राजमार्ग पुनः अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको धादिङ प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us