प्रधानमन्त्री ओली र मन्त्रीहरुले एक महिनाको तलब राहत कोषमा दिने

काठमाण्डु टुडे २०८१ असोज १४ गते २१:४३ मा प्रकाशित

काठमाण्डु, १४ असोज– निरन्तरको वर्षासँगै बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुका लागि प्रधानमन्त्री केपी ओली र मन्त्रीहरुले एक महिनाको तलब दिने भएका छन् ।

सोमबार साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मन्त्रिपरिषद्का सदस्यहरूको एक महिनाको तलब जम्मा गर्ने निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार तत्काल राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध निकाशा गर्ने निर्णयसमेत भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us