धादिङ, १४ असोज– पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ परेवा भीरमा सुख्खा पहिरो गएको छ ।
। सोमबार राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएको स्थान मलेखु बजार नजिकै पर्छ ।
शुक्रबार र शनिबार वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध थियो ।
नौबिसे–नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरो पन्छाएसँगै सोमबारदेखि यातायात सुचारु भएका थिए ।
तर, राजमार्ग फेरि अवरुद्ध भएपछि काठमाण्डुबाट बाहिरिएका र काठमाण्डु आउँदै गरेका सवारी साधन रोकिएका छन् ।
पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भए पनि पहिरो खस्न नरोकिएको धादिङ प्रहरीले जनाएको छ ।