काठमाण्डु, १४ असोज– सरकारले बडादसैंलाई लक्षित गरी देशभर रुट परमिट खुला गरेको छ ।
सोमबारदेखि नै लागूहुने गरी रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभाग प्रवक्ता ईश्वरीदत्त पनेरुले कोजाग्रह पूर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको जानकारी दिए ।
यसअघि घटस्थापनाका दिनदेखि मात्र रुट परमिट खुला गर्ने निर्णय थियो ।
तर, निरन्तरको वर्षासँगै बाढीपहिरो र डुबानका कारण प्रमुख राजमार्गसहित सडकमा यातायात सेवा प्रभावित भएको र हजारौं यात्रु बीच बाटैमा अलपत्र परेकाले अगाडि नै रुट परमिट खुला गरिएको पनेरुले बताए ।