काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
राष्ट्रसंघीय महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक निर्णय लिने बताइएको छ ।
बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ ।