बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्धा

काठमाण्डु टुडे २०८१ असोज १४ गते १९:०५ मा प्रकाशित

काठमाण्डु, १४ असोज–नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च प्रशासनले मुद्धा दर्ता गरेको छ ।

घिमिरेमाथि कारबाहीको माग गर्दै मंगलबार मुद्धा दर्ता भएको हो ।

अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर मुद्धा दर्ता गरेका हुन् ।

बार अध्यक्ष घिमिरेले अदालत र प्रधानन्यायाधीशविरूद्ध भ्रामक र अनर्गल टिप्पणी गरेकाले अदालतको अवहेलनामा कारबाही हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

न्याय परिषदले सोमबार बार अध्यक्षले घिमिरेले अदालत, न्याय परिषद र प्रधानन्यायाधीशविरूद्ध कुलषित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै खेद प्रकट गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us