काठमाण्डु, १४ असोज–नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको बताएका छन ।
उनले केही मान्छेहरूले सरकारले प्रभावकारी उद्धार गर्न सकेन भनेर विरोधका लागि विरोध मात्रै गरेको दाबी गरेबका छन ।
अमेरिकाबाट स्वदेश आइपुगेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिदँै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ।’
जवाफका क्रममा प्रधानमन्त्री ओलीले बाढी पहिरो जस्ता विपद्का घटनाहरू म आएँ भन्दै नआउने र जतिसुकैबेला पनि पर्न सक्ने बताए।
यस्तो बेलामा सरकारले गर्ने भनेको उद्धार व्यवस्थापन र राहतका कार्यक्रम रहेको र जुन सरकारले गरेको प्रधानमन्त्री ओलीले बताए ।
४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्।