काठमाण्डु, १४ असोज– प्रहरीले कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ संगम टोलबाट ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
सोही स्थानमा बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ ।
उनीहरुको साथबाट नगद २२ हजार १ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।