३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत

काठमाण्डु टुडे २०८१ असोज १४ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, १४ असोज– गएको शनिबार धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका रहेका छन ।

उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिएका छन । दुई वटा माईक्रो र एउटा बसमा सवार यात्रुलाई पहिरोले पुरेको हो ।

गोरखाबाट काठमाण्डु आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाण्डु आउँदै गरेको बा २ ख १३४५ नम्बरको हायसमा १७ जना र लु १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।

घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदैछ । ३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत भएको छ ।

यस्तो छ सनाखत भएकाहरुको विवरण :

१. अनुपतल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)

२. रमेशप्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)

३. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)

४. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)

५. दीपक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

६. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)

७. दीपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

८. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)

९. कृशब रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)

१०. प्रमिता भुसाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)

११. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)

१२. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)

१३. सुमन बजगाईँ, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us