२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १४ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, १४ असोज– प्रहरीले झापाबाट २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

सुमनले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us