दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’

काठमाण्डु टुडे २०८१ असोज १४ गते १३:५७ मा प्रकाशित

काठमाण्डु, १४ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा पेसी परेको छ । आज सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको छ ।

यससँगै मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको सर्वेच्च स्रोतले जानकारी दिएको छ । दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us