काठमाण्डु, १४ असोज– बागमती प्रदेश सरकारले ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई डेढलाख नगदसहित सम्मान गर्ने तयारी गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिएका छन ।
काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।
तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यवाद दिएको पनि मुख्यमन्त्री लामाले जानकारी दिएका छन ।