भ्याकुरे खोलाले बगाउँदा पत्नीको मृत्यु, पतिको उद्धार

काठमाण्डु टुडे २०८१ असोज १४ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १४ असोज– रामेछापबाट काठमाण्डु हिँडेका दम्पतीलाई काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ स्थित भ्याकुरे खोलाले बगाएको छ ।

खोलाले बगाउँदा पत्नीको मृत्यु भएको छ भने पतिलाई प्रहरीले उद्धार गर्न सफल भएको छ । भ्याकुरे खोलाले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित डफ्खा घर भएकी ३५ वर्षीया अन्जु बस्नेत माझीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रोशीखोला स्थित माम्ती नजिकै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिएका छन । अञ्जुका पति शिवराम माझीलाई उद्धार गरेर हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पठाइएको छ ।

उनीहरू डफ्खास्थित नमुना बस्तीका स्थानीय भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us