प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

काठमाण्डु टुडे २०८१ असोज १४ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ । प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

दुवै सदनको संयुक्त समितिमा कुल ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधान न्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेका सचिवालयले जानकारी दिएको छ । उजुरीको पोका आज खोलिने र के कस्ता उजुरी परेका छन् अनि मात्र सार्वजनिक हुनेछ।

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो।

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेकोमा तोकिएको १० दिन (आइतबार) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एक जना कर्मचारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us