कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८१ असोज १४ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १४ असोज– कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले जानकारी दिएका छन । बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने उनले जानकारी दिएका छन ।

उनले भने, ‘समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us