विद्यार्थी नेतालाई प्रचण्डको निर्देशनः काठमाण्डु छाडेर मेयर र संसदको उम्मेदवार बन्न आफ्नै ठाउं फर्कनु

काठमाण्डु टुडे २०८१ असोज १४ गते १०:३० मा प्रकाशित

काठमाण्डु, १४ असोज-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरुलाई  आफ्नो पालिका र निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

आगामी निर्वाचनमा पार्टी एक्लै लड्न लागेको भन्दै उनले पालिका र संसदको चुनावमा उम्मेदवार बन्ने गरी तयारी गर्न प्रचण्डले खुनलटार बोलाएर निर्देशन दिएको उपाध्यक्ष गणेश मैनालीले जावकारी दिए ।

नयां नेतृत्व चयनका लागि कीर्तिपुरमा क्रान्तिकारीको महाधिवेशन बन्दसत्र चलिरहेको छ । इन्चार्ज हिमाल शर्मासहित कार्यालय टोलीका सबै विद्यार्थी नेता सोमबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

नेताहरुलाई प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वको लागि लफडा गरेर बस्नुभन्दा आउने चुनावको

प्रचण्डले काठमाण्डु छाडेर आफ्नो निर्वाचन क्षेत्र र पालिकामा पार्टी निर्माणमा लाग्न भन्दै विद्यार्थी नेतालाई राजनीतिक भविष्यको चिन्ता नगर्न भने । सबैलाई चुनाव लड्ने तयारी गर्न भनेका उनले पार्टीले टिकट दिने बताए ।

अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पार्टीले हस्तक्षेप नगर्ने र उमेर हद लगाउने वा नलगाउने स्वतन्त्र अधिकार हललाई नै दिने बताएको पनि मैनालीले उल्लेख गरे ।  क्रान्तिकारीमा उमेर हद लगाउने/नलगाउने विषयको टुंगो मतदानबाट लगाउने तयारी भएको जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us