काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
बाढीपहिरो र डुबानले भएको क्षतिको मूल्यांकन तथा राहत र उद्धारबारे उत्पन्न निर्णय गर्न बैठक बोलाइएको हो ।
बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्ने बताइएको छ ।
मन्त्रिपरिषद बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।