नेपाललाई सहयोग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

काठमाण्डु टुडे २०८१ असोज १४ गते ९:३६ मा प्रकाशित

काठमाण्डु, १४ असोज-पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा नेपालमा वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सरिफले बाढीका कारण धेरै नेपालीले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र जनताका तर्फबाट सहानुभूति प्रकट  गरेका छन् ।

सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट ठूलो क्षति भोग्नुपरेको स्मरण गर्दै पाकिस्तानले यो अवस्थामा नेपालसँग ऐक्यवद्धता जाहेर गर्दै आवश्यक सहयोगको लागि तयार रहेको  बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us