काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भएर आज स्वदेश फर्कँदै छन् ।
प्रधानमन्त्री ओली सोमबार अपराह्न ४ बजे काठमाडौं आइपुग्नेछन् । महासभामा भाग लिन गत ४ असोजमा अमेरिकाको न्यूयोर्क गएका थिए ।
प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।
अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकमा ओली सहभागी भए ।
भ्रमणका क्रममा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार प्रमुखसंग भेटेका थिए । ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल छन् ।