बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुग्यो

काठमाण्डु टुडे २०८१ असोज १४ गते ८:३७ मा प्रकाशित

ौकाठमाण्डु, १४ असोज-अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् ।

नागढुंगा मुनि झाप्ले खोलामा मात्र पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।

उपत्यकामा ७९, बागमती प्रदेशमा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

उपत्यकामा २०, बागमतीमा ११, कोशीमा ७, लुम्बिनीमा २ र मधेशमा एक जना बेपत्ता छन् ।

४५ जना घाइतेको उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us