काठमाण्डू, १३ असोज- नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत धादिङको झ्याप्लेमा पहिरोका कारण अवरुद्ध सडक दुईतर्फी सन्चालनमा आएको छ ।
पहिरो पन्छाएर आइतबार रातिदेखि सडक दुईतर्फी खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो । उक्त स्थानबाट हालसम्म ३५ जनाको शव फेला परेको छ ।
बुटवलबाट काठमाण्डू आउँदै गरेको लु१ज ४५७८ नम्बरको जिप, चितवनबाट काठमाण्डू आउँदै गरेको बा३ख १३४५ नम्बरको हायस माइक्रो बस, गोरखाबाट काठमाण्डू आउँदै गरेको ना४ख२२७० नम्बरको बस र बा१प १३८८ नम्बरको बस पहिरोमा पुरिएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीलेले शव र बस पहिरोबाट निकालेको थियो ।