काठमाण्डु, १३ असोज– माओवादी केन्द्रले बाढीपहिरो र डुबानबाट भएको क्षतिको तथ्यांक संकलनका लागि हेल्पडेस्क राख्ने भएको छ ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आइतबार साँझ बसेको पदाधिकारी बैठकले कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा हेल्प डेस्क राख्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।
बैठकले भारी वर्षा हुँदैछ भन्ने पूर्वजानकारी भएर पनि बाढीपहिरो विपद पूर्वतयारीमा सरकार उदाशिन देखिएको निस्कर्ष निकालेको छ । ठूलो जनधनको क्षति हुनुमा सरकारको अक्षमता र गैरजिम्मेवारी प्रमुख कारण रहेको निस्कर्ष माओवादीको छ ।
बैठकले बाडीपहिरो प्रभावितको राहतका लागि आर्थिक सहयोग गर्न तथा राहत, उद्धार र पुनःनिर्माणमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशनसमेत दिएको छ ।