उपत्यकामा मात्र मृतकको संख्या ५२ पुग्यो

काठमाण्डु टुडे २०८१ असोज १३ गते १८:५८ मा प्रकाशित

काठमाण्डु, १३ असोज– भारी वर्षासँगैको बाढीपहिरो र डुवानका कारण काठमाण्डु उत्यकामा मात्र ५२ जनाको ज्यान गएको छ ।

बाढीपहिरोले उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले बताए ।

घिमिरेले यो आइतबार साँझ ६ बजेसम्मको तथ्यांक भएको उल्लेख गरे । ललितपुरमा ३०, काठमाण्डुमा काठमाण्डुमा १७ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका हुन् ।

अझै कही मानिसको अवस्था अज्ञात रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । काठमाण्डुबाट २ र ललितपुरबाट ७ गरी ९ जना बेपत्ता छन् ।

घाइतेको संख्या ३१ छ । घाइते काठमाण्डुमा १८, ललितपुरमा १० र भक्तपुरमा ३ जना छन् । हालसम्म बाढी र डुबानमा फसेकाहरु काठमाण्डुबाट १ हजार ४ सय ४२ जना, ललितपुरबाट ६ सय ५७ जना र भक्तपुरबाट ५६ जना गरी २ हजार १ सय ५५ को उद्धार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us