काठमाण्डु, १३ असोज– गएको बिहीबारदेखिको अविरल वर्षाका कारण १४८ जनाको मृत्यु भएको छ । आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी काठमाण्डु, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जानकारी दिएको छ ।
बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीले जनाको छ । प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ ।