सुनसरी, १३ असोज- पानीको बहाव घटेसंगै कोशी ब्यारेजबाट मानिसको आवतजावत खुला भएको छ ।
पानीले खतराको तह पार गरेपछि शनिबार अपराह्नबाट कोशी पुलमा आवतजावत बन्द गरिएको थियो । जल सतह घटेपछि आउजाउ खुला गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । आइतबार बिहान साढ़े ६ लाख क्युसेकभन्दा बढी बहाव मापन भएकामा दिउँसो कोशीमा पानीको बहाव ३ लाख ९८ हजार ३ सय ७० क्युसेक मापन गरिएको छ ।
बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् ।