काठमाण्डु, १३ असोज- पहिरोमा परी नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलको मृत्यु भएको छ ।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु भएको हो । सैनिक प्रवक्ता सहायक रथी गौरव केसीका अनुसार उनी कोरियन साथीसंग घुम्न गएका बेला सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा पहिरोमा परेका हुन् । सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले
पहिरोमा साथीहरू पुरिएपछि उद्धार गर्न गएका कर्णेल केसी पनि पहिरोमा पुरिएका थिए । केसीका साथी कोरियन नागरिकको अवस्था अज्ञात रहेको एसपी खड्काले बताए ।