काठमाण्डू, १३ असोज-प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निजी विमान कम्पनीहरुले आफूखुसी भाडा बढाएको भन्दै नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । निरन्तरको वर्षातका कारण सडक मार्ग अवरुद्ध भएको मौका पारेर विमान सेवा कम्पनीहरूले आफूखुसी हवाइ भाडा वृद्धि गरेकामा समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
समिति सभापति रामहरि खतिवडाले आइतबार हवाई भाडा बढाउने नियन्त्रण रोक्न सरकारलाई निर्देशन दिइएको बताए ।
समितिमा नागरिकहरूले विभिन्न माध्यमबाट हवाइ भाडा अनियन्त्रित रूपमा बनाइएको भन्ने उजुरी दिएको उनले बताए । सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको सभापति खतिवडाले बताए । नागरिक अप्ठ्यारोमा अवस्थामा परेका बेला राज्य र अरु निकायले राहत र सहयोग गर्नुपर्नेमा भाडा बढाउने काम भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई तत्काल कदम चाल्न समितिले निर्देशन दिएको छ ।
सडक अवरुद्ध भएको मौका छोरेर हवाई भाडामा मनपरी वृद्धि, समितिद्वारा सरकारलाई निर्देशन