काठमाण्डु, १३ असोज– धादिङ जिल्लाको धुनिबेसी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी छ ।
अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।
साथै पहिरोमा पुरिएका माइक्रो बस र बस फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।