सिन्धुली, १३ असोज-वर्षासंगै गएको पहिरोले सडक अवरुद्ध हुंदा कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको ज्यान गएको छ ।
मृत्यु हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली र सिन्धुलीको कमलामाई नगरपालिका-४ की ९४ वर्षीया टीकाकुमारी भुजेल छन् । सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडामा सडक भत्किएर दुई एम्बुलेन्स शुक्रबारदेखि रोकिएका थिए । भुजेललाई बा२१च ७५२३ र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको थियो ।