सरकारले बाढीपहिरोबाट उत्पन्न परिस्थितिको सबै सामर्थ्य लगाएर सामना गर्छःअर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ असोज १३ गते १३:४८ मा प्रकाशित

काठमाण्डू, १३ असोज- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमण सकाएर आइतबार स्वदेश फर्किएका छन् । 

अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे । 

अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल विमानस्थलबाट सीधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । 

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us