स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०८१ असोज १३ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, १३ असोज– आज (आइतबार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले उक्त दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन ।

उनले भने, ‘उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us