काठमाण्डू, १३ असोज-नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पहिरोमा पुरिएको माइक्रो बसबाट थप १० जनाएको शव निकालिएको छ । चितवनबाट काठमाण्डूका लागि छुटेको बा ३ ज १३४५ नम्बरको हायस माइक्रोबसाट आइतबार सुरक्षाकर्मीले १० जनाको शव निकालेका हुन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पुरिएको बस निकाल्ने क्रममा ती शव भेटिएको बताए । यसअघि आइतबार मात्रै झ्याप्लेखोलाबाट तीन शव निकालिएको थियो । शनिबार पनि सोही स्थानबाट १४ शव निकालिएको थियो ।