एमालेको आकस्मिक केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असोज १३ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, १३ असोज– सत्ता रुढदल एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हुने उनले जानकारी दिएका छन । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us