गोरखाबाट काठमाण्डू हिंडेको बस यात्रुसहित दुई दिनदेखि बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज १३ गते ९:११ मा प्रकाशित

काठमाण्डू, १३ असोज-गोरखाबाट काठमाण्डु हिंडेको यात्रुबस विगत दुई दिनदेखि बेपत्ता भएको छ ।

उत्तरी गोरखाको लापुवेशीबाट छुटेको ना४ख २२७० नम्बरको बस धार्चेसम्म पुगेको सूचना  पाएको दरौदी यातायात सेवा कम्पनी प्रा.लि. ले जनाएको छ ।

प्रालि अध्यक्ष नारायण खत्रीले शुक्रबार राति १० बजे चालकसंग सम्पर्क भएको बताए । उनका मुग्लिनसम्म पुग्दा बसमा एक यात्रु तथा चालक र सहचालकसहित ४ जना थिए ।बीच बाटोमा थप यात्रु चढे/नचढेकोबारे यकिन नरहेको उनको भनाइ थियो ।

हराएको बसको खोजीका लागि समन्वय भइरहेको गोरखा प्रहरीका डिएसपी रमेशकुमार श्रेष्ठले बताए । उक्त बस नागढुंगा मुनि झ्याप्लेखोला पहिरोमा पुरिएको आशंका प्रहरीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us