महोत्तरी, १३ असोज-बाढी हेर्न गएका दुई युवकको बगेर मृत्यु भएको छ । बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङ र १६ वर्षीय रोहित साहको बाढीले बगाएर मृत्यु भएको हो । उनीहरुको स्थानीय सोनीखोलाको बाढीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोनीखोलाको बाढीले बगाएकी १२ वर्षीया एक बालिकालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । उनी रोहित साहसँगै बाढी हेर्न गएकी थिइन् ।