सोलुमा पहिरोमा परी थप तीनको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १२ गते २१:०१ मा प्रकाशित

सोलुखुम्बु, १२ असोज–सोलुखुम्बुमा पहिरोमा परी थप तीन जनाको मृत्यु भएको थियो ।

यसअघि सोलुमा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड नगरपालिका–९ छेवाडाँडामा पहिरोमा परी तीन जनाको मृत्यु भएको सोलु प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए ।

पहिरोमा पुरिएर तनि जनाको मृत्यु भएको खबर आएको भए पनि सनाखत हुन बाँकी रहेको उनले जनाए । गिरीका अनुसार घटनास्थलमा प्रहरी पठाइएको छ ।

यसअघि दिउँसो सोही नगरपालिकाको वडा नम्बर–१० मा पहिरोमा परी दुई जनाले ज्यान गुमाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us