आइतबारदेखि तीन दिन देशभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाण्डु टुडे २०८१ असोज १२ गते २०:५२ मा प्रकाशित

काठमाण्डु, १२ असोज– सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालय बन्द गर्न देशभरका सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्को अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले विश्वविद्यालयसहित सबै

शैक्षिक संस्थाको परीक्षा स्थागित गर्ने तथा विद्यालय तीन दिनसम्म बिदा दिने निर्णय गरेको थियो ।

समितिको निर्णयका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्षासँगै बाढी र पहिरोको जोखिम रहेको भन्दै तीन दिन विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको हो ।

वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको तथा यातायात अवरुद्ध भएको जस्ता कारणले विद्यालयहरुमा बिदा दिन आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us