नागढुंगा–नौबिसे सडकमा पहिरोले बस पुरिँदा १४ यात्रुको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १२ गते २०:४१ मा प्रकाशित

काठमाण्डु, १२ असोज– नागढुंगा–नौबिसे सडक खण्डमा पहिरोमा पुरिएर १४ जनाको ज्यान गएको छ ।

पहिरोबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उद्धार टोलीले पहिरोमा फसेका तीनवटा बसबाट ती बस बाहिर निकालेका हुन् ।

मृतकमध्ये ८ पुरूष, ५ महिला र एक बालक छन् । पृथ्वी राजमार्गअन्तर्गत चन्दागिरि नगरपालिका–२ र नागढुंगा–नौबिसे खण्डको झ्याप्लेखोलामा पहिरो खस्दा गाडी पुरिएका थिए ।

निलबराहीस्थित सशस्त्र प्रहरीको १८ नम्बर गणबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३५ जनाको टोली उद्धारमा खटिएको सह–प्रवक्ता थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us