काठमाण्डु, १२ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरोका कारण भएको जनधनको क्षति र सरकारका तर्फबाट भएका राहत तथा उद्धारको प्रयासबारे गृहमन्त्री रमेश लेखकसँग जानकारी मागेका छन् ।
पौडेलले शनिबार टेलिफोन गरी गृहमन्त्री लेखकसँग जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका हुन् । राष्ट्रपतिले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्रीलाई आग्रह गरे ।
राष्ट्रपति पोडेलले विपदको समयमा सरकारलाई सहयोग गर्न सम्वद्ध सबैमा अपिल गरेका छन ।
बाढी, पहिरो र भू–क्षयको प्रकोपबाट बच्न सतर्कता अपनाउनसमेत उनले भनेका छन् ।