मकवानपुरमा पहिरोले घर पुरिँदा युवतीको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १२ गते १९:५९ मा प्रकाशित

मकवानपुर, १२ असोज– मकवानपुरको बागमती गाउँपालिका–३ सुक्खा सल्यनीमा माथिबाट खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय रहरसिंह थिङको घर पहिरोले पुरिँदा उनकी छोरी २० वर्षीया फुलमायाको मृत्यु भएको हो ।

घटना शुक्रबार रातिको भए पनि ढिला गरी सूचना प्राप्त भएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us