
काठमाण्डु, ६ भदौ– एसी मिलानका फरवार्ड मारियो बालोटेली लिभरपुल जाने भएका छन् ।
उनलाई लिभरपुलले १ करोड ६० लाख पाउन्ड दिने भएको छ । गएको सिजनमा सर्वाधिक गोलकर्ता लुइस सुआरेज बार्सिलोना गएपछि प्रशिक्षक ब्रेन्डन रार्जसले बालोटेली ल्याएर त्यसको क्षतिपूर्ति गर्न खोजेका हुन् ।
बालोटेली सिटीबाट १ करोड ९० लाख पाउन्डमा गत वर्ष मिलान गएपछि ५४ खेलमा ३० गोल गरेका थिए । लिभरपुलले प्रिमियर लिगममा सोमबार सिटीसँग एतिहाद स्टेडियममा खेल्दैछ ।