रोशीमा बाढीले बजार बगायो, ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १२ गते १७:१० मा प्रकाशित

काभ्रे, १२ असोज–निरन्तरको भारी वर्षपछि रोशी खोलामा आएको बाढीले नार्के बजार बगाएको छ ।

बाढीपहिरोमा परी रोशीमा ५ जनाले ज्यान गुमाएका छन् । गाउँपालिकाका विपद् फोकल पर्सन भूपेन्द्र अधिकारीका अनुसार रोशीले नार्केका १० वटा पक्की घर बगाएको छ ।

यद्यपि विद्युत र टेलिफोन सेवा अवरुद्ध भएका कारण सूचना सञ्चार विच्छेद भएकाले क्षतिको थप खबर पाउन नसकिएको उनले बताए ।

अधिकारीले आफ्नो गाउँपालिका क्षेत्रभित्र धुलिखेल—बर्दिबास जोड्ने बिपी राजमार्गका चार ठाउँमा ठुलो पहिरो गएको बताए । नेपालथोक, तल्लो कटुञ्जे, चिउरीबास लगायतका ठाउँमा राजमार्ग बगाएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us