मख्खुबेशीमा बाढीमा फसेका ५ जनालाई सैनिक हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डु ल्याइयो

काठमाण्डु टुडे २०८१ असोज १२ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, १२ असोज– ललितपुरको मख्खुबेशीमा बाढीमा फसेका ५ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शनिबार दिउँसो दैनिक हेलिकोप्टरले पाँच जनाको बाढी क्षेत्रबाट उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि सेनाले ललितपुरको कान्तिपुर कोलोनीबाट दुई र कुसुन्तीबाट दुई जनाको होलिकोप्टरमार्फत उद्धार गरेको थियो ।

उद्धार गरिएका सबैलाई काठमाण्डु ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us