अग्रज पत्रकार कार्कीको निधन

काठमाण्डु टुडे २०८१ असोज १२ गते १३:४८ मा प्रकाशित

पाल्पा, १२ असोज– अग्रज पत्रकार कर्णबहादुर कार्कीको निधन भएको छ ।

कार्की नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति थिए । दुई वर्षयता मधुमेह र मिर्गौलाको समस्यासँग जुधिरहेका कार्कीको पाल्पा तानसेनस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।

गत साउनमा हर्नियाको शल्यक्रियापछि उनी मृगौला प्रत्यारोपणको तयारीमा भए पनि आर्थिक अभावका कारण सम्भव नभएपछि घरमै थिए ।

कार्की ०३६ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा काम गरे । पञ्चायती व्यवस्थाको उत्तराद्र्धतिर २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन आरम्भ गरेका थिए ।

कार्कीले ०३६ साल र ०४६ को पञ्चायतविरोधी आन्दोलन तथा ०६२÷०६३ को निरंकुश राजतन्त्रविरोधी आन्दोलनमा पत्रकारितामार्फत योगदान गरेका थिए ।

नागरिक अभियानमार्फत उनले संविधानसभाबाट संविधान जारी गर्न दबाब सृजना गर्नमा पनि भूमिका खेले । उनी ०३६ र ०४६ मा गरी दुईपटक जेलसेमत परेका थिए ।

तत्कालीन नेकपा मसालको राजनीतिक विचारबाट प्रभावित कार्की पछिल्लो समय माओवादी केन्द्रसँग टिकट थिए । २०११ सालमा जन्मिएका कार्कीका श्रमती, एक छोरी र एक छोरा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us