काठमाण्डू, ११ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको भारी बर्षाका कारण प्रभावितको उद्धारमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न पनि उनले कठिन समयमा जनसेवामा जुट्न अपिल गरेका छन् । प्रचण्डले खोला र नदीका किनारमा पानीको सतह बढिरहेको तथा पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरे ।