रौतहट, ११ असोज- रौतहटको इशनाथ नगरपालिका-२ औरैयामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २४ वर्षीय रोशन साह सोनार छन् । रौतहट प्रहरीका एसपी दिलिप घिमिरेका अनुसार उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई शरीरमा मट्टितेल आगो लगाएका थिए । भम्भीर घाइते पिंकीको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
खेतमा पानी लगाउने पम्पको ट्याकींबाट मट्टितेल झिकेर आगो लगाएको एसपी घिमिरेले बताए । पिंकी ८ महिनाकी गर्भवती थिइन् ।
प्रहरीले सोनारविरुद्ध कर्तव्य ज्यान मुद्धामा कारबाही अघि बढाएको छ ।