बागमती र विष्णुमतीमा बाढी

काठमाण्डु टुडे २०८१ असोज ११ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– देशभर भएको अविरल बर्षाको कारण काठमाण्डु उपत्यकाको बागमती लगायतका नदीमा बाढी बाढी खतराको तहमा पुगेको छ ।

काठमाण्डु उपत्यकाका बागमती, मनोहरा, विष्णुमती लगायतका नदीमा बाढी खतराको तहमा पुगेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

ती नदी तटीय क्षेत्रमा यात्रा गर्ने र आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विभागले आग्रह समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us